१३ माघ २०७७, मंगलवार

काठमाडौं, १३ माघ । नेपालमा पहिलोपटक ‘ब्याचलर इन इन्टरनेसनल कलिनरी आर्टस्’ पढाइ सुरु हुने भएको छ । सिल्वर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले ‘ब्याचलर इन इन्टरनेसनल कलिनरी आर्टस्’ अध्यापन गर्न लागेको हो ।

कलेजका अध्यक्ष तथा प्रधानाध्यापक समीर थापाका अनुसार होटल क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ‘ब्याचलर इन इन्टरनेसनल कलिनरी आर्टस्’ पढाइ सुरु गर्न लागिएकाे हाे । यो चार वर्षे कोर्स रहेकाे र उक्त काेर्स कोर्स गरेपछि खाद्य उत्पादनमा विशेषज्ञता हासिल हुने अध्यक्ष थापाले बताउनुभयो ।

विश्वभरिका अग्रणी शिक्षक, खाद्य विशेषज्ञ र शेफहरूद्वारा कलेजमा अध्यापन हुने जनाइएको छ । आफूहरुले नाफाभन्दा पनि गुणस्तरीय शिक्षा दिने उद्देश्य राखेको कलेजले जनाएको छ ।

यो कोर्सका लागि क्विन मार्गरेट युनिभर्सिटीबाट सम्बन्धन प्राप्त भएको थापाले बताउनुभयो । निजी क्षेत्रबाट सञ्चालन भए पनि कलेजले न्युन शुल्कमा पढाउने प्रधानाध्यापक थापाले बताउनुभयो ।

नेपालमै ‘ब्याचलर इन इन्टरनेसनल कलिनरी आर्टस्’  पढाइ सुरू भएपछि अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता हटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV