१२ माघ २०७७, सोमबार

काठमाडौं, १२ माघ । फिल्म ‘प्रकाश’ मा धनगढीकी रेनु योगी भित्रिएकी छन् ।निर्माण टिमका अनुसार योगी फिल्मको मुख्य फिमेल लिडमा रहने भएकी छन् । अभिनेता प्रदीप खड्का भने फिल्मको मुख्य भूमिकामा अनुबन्धित छन् । फिल्मको छायांकन आउँदो फागुनको दोश्रो सातादेखि जुम्लाबाट सुरु हुनेछ ।

दिनेश राउतले यो फिल्ममा निर्देशन गर्नेछन् । रेनुलाई अडिसन मार्फत कास्टिङ डाइरेक्टर अनुप बरालले छनोट गरेका हुन् । रेनु थ्रिएटर आर्टिस्ट हुन् । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् । यसको कथा विकास सुवेदीले लेखेका हुन् ।

उनले २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन् । उनले हालसम्म १० वटा भन्दाबढि नाटक, सर्ट मुभि र ‘एसिड कान्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV