१२ माघ २०७७, सोमबार
  • यामराज कटुवाल

दैलेख, १२ माघ । माघको महिना, चिसो डाँडाँमा न खाना पकाउने भाडाकुँडा छन्, न त पकाउने खानेकुरा, न पकाएर दिने कोहि छन् । ओड्ने ओछ्याउने पनि नभएको अवस्थामा अलपत्र दैलेखको सदरमुकाम नारयण नगरपालिका भित्र शारीरिक अपागंता भएकी एउटी महिला सुत्केरी भएको ३ दिनसम्म अलपत्र अवस्थामा चिसो छिडिमा बिताउन बाध्य थिइन् ।

स्थानीय सरकारले सुत्केरी महिलाका लागि पोषण कार्यक्रम, अण्डा, कुखुरा बितरण लगायतका बिभिन्न कार्यक्रममा लाखौं खर्च गरिरहेको छ । नारायण नगरपालिका वडा न. ५ मा अलपत्र अबस्थामा ३ दिनकी सुत्केरी महिलाको उद्धार गरिएको छ ।

अस्थायी प्रहरी चौकी भैसिखोर, जिल्ला प्रहरी कार्यालय दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक)को संयुक्त प्रयासमा उनको उद्धार गरिएको हो । उद्धार गरिएकी महिला शारीरिक रुपमा असक्त हुन् ।

नारयण नगरपालिकाको इट मा छोडेको घरमा ६ महिना अघिदेखि बस्दै आएकी महिला ३ दिन अघि सुत्केरी भएको नजिकैका छिमेकी बहादुर कटुवालले बताए । उनको साथमा अर्को अन्दाजि ३ बर्षको छोरा पनि छ ।

उनले अहिले छोरी जन्माएकी छन् । छोरा र छोरी कस्को हो भन्ने थाहा नभएको र अलपत्र अबस्थामा बच्चा भएपछि आफुहरुले बिहान बेलुका खानका लागि सहयोग गर्दौ आएको कटुवालले बताए । सोमवार बिहान नारायण नगरपालिका वडा न. ५ को ईटमा बस्ने बल बहादुर कटुवालले अलपत्र अबस्थामा एउटी महिला सुत्केरि भएको भन्ने जानकारि दिए ।

त्यसपछि अस्थायी प्रहरी चौकी भैसिखोरका इन्चार्ज हवल्दार सुरेन्द्र थापाले ४ र ५ न. वडाको सिमानामा पर्ने भएकोले दुबै वडाका वडाध्यक्षलाई जानकारी दिएपनि वडा न. ४ का अध्यक्षले वास्ता नगरे पनि वडा न. ५ का अध्यक्ष लाल बहादुर बस्नेत सहित अलपत्र अबस्थामा भएकी महिला भएको स्थानमा गई उद्धार गर्न पहल गरेको बताए ।

स्थानीय स्तरबाट उद्धार गर्न सम्भब नभएपछि जिल्ला प्रहरि कार्यालयमा जानकारि दिएको र जिल्ला प्रहरि कार्यालय दैलेखको समन्वयमा सामाजिक सेवा केन्द्र दैलेख ले आफ्नो सेल्टरमा राख्ने गरि उद्धार गरिएको हवल्दार सुरेन्द्र थापाले बताए ।

घर कहाँ हो, छोरा, छोरी कस्को हो भन्ने सम्म थाहा नभई ६ ७ महिना देखि बेवारिसे अबस्थामा अर्काले छोडेको घरमा बस्दै आएकी महिला अलपत्र अबस्थमा सुत्केरी हँुदासम्म स्थानीय तहलाई जानकारी नहुनु र जानकारी पाएपनि वास्ता नगर्नु गैर जिम्मेवार भएको स्थानीयको भनाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV