१२ माघ २०७७, सोमबार
  • तारा आचार्य

मोरङ, १२ माघ । माघ १४ गतेदेखि मुलुकभर नै कोरोना भ्याक्सिन लगाउने तयारी अनुसार संघीय सरकारबाट प्रदेश १ का लागि पठाइएको कोरोना भ्याक्सिन सोमवार विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आईपुगेको छ ।

सो केन्द्रले प्रदेश १ का १३ वटै जिल्लामा भ्याक्सिन पठाउने कार्य सुरु गरेको जानकारी दिएको छ । संघीय सरकार आपूर्ति केन्द्रले जानकारी दिएको छ । प्रथम चरणमा कोरोना भ्याक्सिन फ्रण्टलाइनमा खटिने सरकारी र निजी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सफाई कर्मचारीहरुलाई लगाइने छ ।

सोमवार र मंगलबारसम्म भ्याक्सिनलाई कोल्ड बक्समा राखेर सबै जिल्लामा भ्याक्सिन पठाइने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका कोल्ड चेन निरीक्षक चन्द्रकान्त ठाकुरले जानकारी दिनुभयो ।

प्रदेश १ मा सबैभन्दा बढी मोरङमा १२ हजार १ सय २३ जनालाई र सबैभन्दा कम सोलुुखुम्बुमा ६ सय ९२ जनालाई खोप लगाइने छ । पहिलो खोपलगाएको ४ देखि ६ हप्तामा पुनःअर्को डोज लगाउनु पर्ने चिकित्सकहरुले बताएका छन् ।

प्रदेश १ वाहिरका सिरहा र सप्तरी जिल्लामा पनि भ्याक्सिन पठाइने सो कार्यालयले जानकारी दिएको छ । प्रदेश १ का सवै जिल्लामा कोरोना भ्यक्सिन लगाउन सवै तयारी पूरा भएको पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV