१२ माघ २०७७, सोमबार

सोलुखुम्बु , १२ माघ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा सोमबारदेखि थामे भ्याल्ली आइस एण्ड रक फेस्टिभल सुरु भएको छ ।

फेस्टिभलको उद्घाटन पूर्व स्वास्थमन्त्री तथा नेपाली कांँग्रेसका नेता गगन थापा र कीर्तिमानी सगरमाथा आरोही कामी रिता शेर्पाले संयक्र रुपमा गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै नेता थापाले थामेको साहसिक पर्यटनको विकास र प्रवद्र्धनका लागि आफुले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । थामे क्षेत्रको रक तथा आइस क्लाइम्बिङ खेलको प्रवद्र्धन विश्वस्तरमा गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको आयोजक संस्था यम्बु थामिछो किदुगका अध्यक्ष मिङ्मा शेर्पाले बताउनु भयो ।

पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा देखि २४ औं पटक सगमारथा आरोहण गरिसक्नु भएका कामी रिता शेर्पा, हिउँ चितुवाको नामले परिचित चर्चित आरोही आङरिता शेर्पा लगायत अन्य कीर्तिमानी र चर्चित आरोहीहरु समेत थामे क्षेत्रकै भएको र ती आरोहीहरुको सम्मान र स्मरणका लागि पनि फेस्टिभलको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV