१२ माघ २०७७, सोमबार

काठमाडाैँ, १२ माघ । प्रधानमन्त्री अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगले एमबीबीएसको शुल्क बढाउने निर्णय गरेपछि त्यसको नेपाली कांग्रेसले विरोध गरेको छ ।

कांग्रेस शिक्षा शिभागको सोमबार बसेको बैठकले आयोगले उक्त शुल्क बढाएको सन्दर्भमा गम्भीर छलफल गरी उक्त निर्णयको र्भत्सना गरेको जनाएको छ ।

‘याे निर्णय स्वयं ओली सरकारले गरेकाे डा.  गाेविन्द केसीसँग गरेकाे सम्झाैताकाे मर्मविपरीत छ,’ कांग्रेस शिक्षा विभागद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV