१२ माघ २०७७, सोमबार

काठमाडाैँ, १२ माघ । नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले आफुहरुसँग बहुमत केन्द्रीय सदस्य रहेकाले आफुहरु नै आधिकारिक नेकपा भएको दावी गर्नुभएको छ ।

सोमबार पेरिसडाँडामा सोमबार प्रदेश २ का कार्यकर्ता भेलामा नेता नेपालले एकताका बेलामा दर्ता भएको विधानलाई आयोगले मान्यता दिँदा आफूहरुसँगै बहुमत रहने बताउनुभएको हो ।

उहाँले निर्वाचन आयोगले लेखेको पत्रमा ४४१ जनाको केन्द्रीय कमिटी र ४५ जनाको स्थायी कमिटीलाइ मान्यता दिन उल्लेख रहेको र उक्त संख्याको बहुमत आफुहरुसंग रहेको तर्क गर्नुभयो । नेता नेपालले सेटिङ गरेर नबस्न ओलीलाई चेतावनी दिँदै सूर्य चिह्न पनि आफ्नो पक्षको हुने बताउनुभयो । उहाँले भ्रष्टाचारको मुद्दा उठाउँदा प्रधानमन्त्रीले संसद नै विघटन गरेको आरोप पनि लगााउनुभयो ।

त्यस्तै, नेकपा वरिष्ठ नेता झलनाथ खनालले आफुलाई काम गर्न नदिएर संसद विघटन गरेको भन्नु तर्कसंगत नरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुष्प्रयास गरेको उहाँले बताउनुभयो ।

त्यस्तै उहाँले प्रतिनिधिसभा विघटन लोकतन्त्र, संविधान, संघीयता, समावेशिता तथा गणतन्त्रमाथिको प्रहार भएको धारणा राख्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV