१२ माघ २०७७, सोमबार

एजेन्सी, १२ माघ । कुवेतका लागि उत्तर कोरियाका कार्यवाहक राजदूत र्‍यु ह्युन – वू भागेर दक्षिण कोरिया गएको खबर बाहिरिएको छ । र्‍यु सेप्टेम्बर २०१९ मा भागेर सपरिवार दक्षिण कोरिया पुगेको जनाइएको छ ।

मेइल दैनिकका अनुसार र्‍युले आफ्ना सन्तानको भविष्य उज्ज्वल बनाउन ती कूटनीतिज्ञले त्यसो गरेका थिए। उनी दक्षिण कोरिया आएको विषय अधिकारीहरूले पुष्टि गर्न नमानेको बताइएको छ । उनले शरण मागेको कुरा अहिलेसम्म गोप्य राखिएको थियो।

बीबीसीका अनुसार र्‍यु सन् २०१७ देखि कुवेतमा कार्यवाहक राजदूत थिए। उत्तर कोरियाबाट प्रत्येक वर्ष १,००० जना जति भागेर दक्षिण पुग्ने जनाइएको छ । तर वरिष्ठ अधिकारी भाग्ने घटना विरलै हुन्छ।

सन् २०१८ मा इटलीमा खटेका एक कूटनीतिज्ञ बेपत्ता भएका थिए। उनी २०१९ मा भागेको कुरा गत वर्ष मात्र सार्वजनिक भयो। भाग्न त्यति सहज भने नभएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV