१२ माघ २०७७, सोमबार
  • युवराज श्रेष्ठ

रामेछाप, १२ माघ । कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गरेर अपराध गरेको नेकपा रामेछापका प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठले बताएका छन् ।

सो कुरा उनले सोमवार मन्थली नगरपालिका वडा नं–११ गेलुमा पूनर्निमार्ण भएको सुविधा सम्पन्न मनकामना माध्यमिक विद्यालयको आधुनिक पक्की भवन एक कार्यक्रमको बिच उद्घाटन गर्ने क्रममा बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा पूर्नस्थापना हुनुपर्ने र आगामी दुईवर्ष पछि मात्रै निर्वाचन गराउनु पर्ने हुन्छ ।

अहिलेको अवस्थामा कुनै पनि राजनितिक दलहरु निर्वाचनमा सहभागी हुने अवस्था छैन् । त्यसैले सडकवाटै आफ्नो पार्टीले प्रतिनिधिसभा पुर्नस्थापना गरेरै छाड्ने श्रेष्ठले जनाएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरि अहिलेको संघियता र गणतन्त्र नै धरापमा पारेको भन्दै यदी संघियता र गणतन्त्र गयो भने राजनितिक दलका नेताहरुको राजनिति गर्ने स्थान नै समाप्त हुने भन्दै यसलाई बचाउन सवै नागरिकहरु लाग्नु पर्ने सदस्य श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV