१२ माघ २०७७, सोमबार
  • दान बहादुर बुढा

मुगु, १२ माघ । छायाँनाथ रारा नगरपालिका ले निर्माण सम्पन्न भएका वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्रका भवन वडा कार्यालयलाई हस्तान्तण गरेको छ ।

छायाँनाथ रारा नगरपालिका वडा नं ८ शिवनगर ढोटुमा निर्माण सम्पन्न भएका दुई भवन गत शुक्रबार र वडा नं ९ मुर्मामा निर्माण सम्पन्न भएकाे आधारभुत स्वास्थ्य केन्द्र गत मंगलबार छायाँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहीले उद्घाटन गरी सम्बन्धित वडा कार्यालयलाई हस्तान्तण गरेका हुन् ।

अहिले निर्माण सम्पन्न भएका वडा नं ८ र ९ वडाका वडा भवन र आधारभुत स्वास्थ्य केन्द्र वडा कार्यालयलाई हस्तान्तण गरिएको छ । बाँकी वडाका भवन निर्माणाधिन अवस्थामा रहेकाले सम्पन्न भएपश्चात ती भवन पनि वडा कार्यालयलाई हस्तान्तरण गरिने नगर प्रमुख शाहीले बताए ।

प्रमुख शाहीका अनुसार नगरपालिका भित्रका प्रत्येक १४ वटा वडामा वडा कार्यालय र १० वटा आधारभुत स्वास्थ्य केन्द्रका भवन निर्माण गरिने छन् ।

नागरिकको सेवा र स्वास्थ्यको सहजपहुँचका लागी छायाँनाथ रारा नगरपालिकाभित्रका १४ वडाका प्रत्येक वडामा ४५ लाख बराबरको वडा कार्यालय भवनतथा ३८ लाख बराबरको आधारभु स्वास्थ्य केन्द्र निर्माण भईरहेका छन् ।

घरको आँगनमै स्वास्थ्य सेवा केन्द्र संचालनमा आएपछि छायाँनथ रारा नगरपालाका वडा नं ८र ९ का स्थानीय अब बिरामीलाई उपचारमा सहज हुने हुँदा निकै खुसी भएका छन् । सामान्य बिरामी भए घण्टौँ हिँडेर जिल्ला अस्पताल ठिनीमा जानुपर्ने बाध्यता हटेको भन्दै सबै स्थानियको मुहारमा खुसी छाएको हाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV