१२ माघ २०७७, सोमबार

काठमाडाैँ, १२ माघ । नेपाली सांगितिक क्षेत्रका पुराना गायक धनबहादुर गायक (गन्धर्व)को ५९ वर्षको उमेरमा निधन भएको छ ।

‘यो दाजुको मिर्मिरे आँखा’ लगायत दर्जन गीतका सर्जक तथा कुशल वाद्यवादक गन्धर्वको निधनले नेपाली सांगितिक क्षेत्रमा अपूरणीय क्षति पुगेको सम्बद्ध व्यक्तिहरूले बताएका छन् ।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा अपचारका क्रममा उनको सोमबार निधन भएको हो । लोक सांगीतिक क्षेत्रका थुप्रै कलाकारहरुले उनको निधनमा दुःख ब्यक्त गरेका छन् । गन्धर्वलाई लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो । उनलाई गत शनिवार अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV