१२ माघ २०७७, सोमबार

काठमाडाैँ, १२ माघ । सरकारद्वारा अदालतलाई प्रभाव पार्न दुष्प्रयास गरिएको भन्दै त्यसविरुद्ध मानव-अधिकारकर्मीहरूले बालुवाटारमा प्रदर्शन गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाजले साेमबार दिउँसो प्रधानमन्त्री निवास वालुवाटार अगाडि प्रदर्शन गरेको हाे । राज्य संयन्त्रको दुरुपयोग गरिएकाे तथा प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति, मनाेमानी चलिरहेकाे भन्दै विराेध  प्रदर्शन गरिएकाे थियाे । साे क्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायत अधिकारकर्मीमाथि धरपकड गरेकाे छ ।

समाजका अनुसार समाजका सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्य सहित २६ जनालाई प्रहरीले गिरफ्तार गररेको छ ।

विरोध प्रदर्शनका क्रममा सहभागीहरुले प्रम ओली : आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार : किर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लगायत नारा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV