१२ माघ २०७७, सोमबार
  • तारा आर्चाय

विराटनगर, १२ माघ । विराटनगर वडा नं. १५ स्थित इलाका प्रहरी कार्यालय रानीमा प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन डिएफआईडीको सहयोगमा आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गरिएको छ ।

सो नवनिर्मित भवनको एक कार्यक्रमबीच प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कार्कीले सोमबार उद्घाटन गर्नुभएको छ । भवनमा सुविधा सम्पन्न थुनुवा कक्ष र महिला तथा बालबालिका कक्ष समेत रहेको छ ।

बेलायत सरकारको युएनओपिएस प्रोजेक्ट अन्तर्गत करिब ५ करोड ८६ लाख रुपैया लागतमा आधुनिक कार्यालय भवन, आवास भवन र भान्सा घर निर्माण गरिएको हो । प्रमुख भंसार नाका रहेको विराटनगर रानीमा प्रहरीका लागि आधुनिक भवन निर्माण भएपछि शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनु भयो ।

सो भवन उद्घाटन कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुखहरु विराटनगर महानगरपालिकाका प्रतिनिधिहरु विभिन्न कार्यालयका प्रमुखहरु साथै स्थानिय वासिहरुको उपस्थित रहेको थियो । सो भवन निर्माण पक्षि सो कार्यालयबाट सुरक्षाकर्मीहरुलाई काम गर्न सहज हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV