१२ माघ २०७७, सोमबार

काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाँदै हुनुहुन्छ ।  दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्न प्रधानमन्त्री ओली दाङ जान लाग्नु भएकाे हाे ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका गर्नुभएकाे थियाे ।

करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धारित समय अगावै पुल निर्माण सम्पन्न भएको थियो । ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । ‘गेरुवा पुल’ पनि भनिने त्यसको लम्बाइ एक हजार १५ मिटर छ ।

प्रधानमन्त्री ओलीले राप्ती पुलको उदघाटन गरेपछि राप्ती गाउँपालिकाको लालमटियामा आयोजना गरिएको जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी देउखुरीको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री ओली मध्याह्न ११ बजे देउखुरी पुग्ने पूर्व निर्धारित कार्यक्रम रहे पनि केही ढिला हुन सक्ने सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV