१२ माघ २०७७, सोमबार

एजेन्सी, १२ माघ ।  म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटे अघिल्लो चरणमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई जित दिलाउनको लागि मासन ग्रीनवुड, मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गरे । लिभरपुलका लागि दुवै गोल मोहम्मद सलाहले गोल गरेका थिए ।

१८ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनले रोबर्टो फिर्मिनोको पासमा गोल गरेका थिए । २६औं मिनेटमा मासन ग्रीनवुडले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए ।

४८औं मिनेटमा मार्कुस रासफोर्डको गोलबाट युनाइटेडले खेलमा २-१ को अग्रता लिन सफल भयो । उनले मासन ग्रीनवुडको पासमा गोल गरेका थिए । ५८औं मिनेटमा सलाहले फिर्मिनोको पासमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए ।

७८औं मिनेटमा सब्सिच्युट ब्रुनो फर्नान्डेसले गाल गर्दै युनाइटेडलाई ३-२ को जित दिलाउदै एफए कपको प्रि–क्वाटरफाइनलमा पु¥याए ।

अब युनाइटेडले क्वाटरफाइनल प्रवेशका लागि वेस्ट ह्यामसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV