१२ माघ २०७७, सोमबार

एजेन्सी, १२ माघ । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले भ्यालेन्सियामाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

उट्लेटिकोलाई सजह जित दिलाउनको लागि जोआओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेयाले समान एक-एक गोल गरे । भ्यालेन्सियाका युरोस रासिसले गरेको गोल सान्त्वना बन्यो ।

खेलको ११ औं मिनेटमा रासिसले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएक थिए । रासिसले जोस गायाको पासमा गोल गरेका थिए ।

तर, भ्यालेन्सियाको अग्रता धेरै समय टिक्न सकने । २३औं मिनेटमा फेलिक्सले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

५४औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा २-१ को अग्रता दिलाए । उनले फेलिक्सको पासमा गोल गरेका थिए ।

७२औं मिनेटमा एन्जल कोरेयाले मार्कुस लोरेन्टेको पासमा गोल गर्दै एट्लेटिकोलाई ३-१ को सहज जित दिलाए ।

यो जितसँगै एट्लेटिको शीर्षस्थानमा स्पष्ट ७ अंकको अग्रता लिएको छ । एट्लेटिकोले १८ खेलबाट ४७ अंक जोडेको छ भने १९ खेल खेलेको दोस्रो स्थानको रियल म्याड्रिडको ४० अंक छ । पराजित भ्यालेन्सिया २० अंक जोडेर १४औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV