१२ माघ २०७७, सोमबार

एजेन्सी, १२ माघ । स्पेनिस ला लिगामा बार्सिलोनाले इल्चेमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई सहज जित दिलाउनको लागि फ्रेन्क डी जोङ र रिकी पुजले गोल गरे । खेलको ३९ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा पनि एक गोल थप्यो । खेलको ८९ औं मिनेटमा पुजले गोल थपे ।

कप्तान लियाेनेल मेस्से भने प्रतिबन्धका कारण उक्त खेलमा थिएनन् । स्पेनिस सुपर कपको फाइनलका दौरान मेस्सीले रातो कार्डको सामना गरेका थिए । एथलेटिको बिल्बाओविरुद्धको खेलमा मेस्सीले विपक्षी खेलाडीलाई हातले अनुहारमा हानेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएका थिए । त्यो घटनापछि उनले दुई खेलको प्रतिबन्ध भोगेका थिए ।

जितसँगै बार्सिलाेनाले १९ खेलबाट ३७ अंक जाेडेकाे छ ।  रिय म्याड्रिडको ४० अंक छ । रियल र बार्सिलोनाले समान १९ खेल खेलेका छन् । एट्लेटिको म्याड्रिड ४७ अंक सहित लिगकाे शीर्षस्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV