११ माघ २०७७, आईतवार
  • सुरेश श्रेष्ठ,

दाङ, २१ माघ । उच्च अदालत तुलसीपुर अगाडि गाँजा अभियन्ताहरुले मौन प्रदर्शन गरेका छन् । आइतबार (आज) नेपालमा पनि ‘गाँजा बैधानिक हुनुपर्छ’ भन्दै अभियान सञ्चालकहरुले तुलसीपुरको उच्च अदालत अगाडी धर्ना दिएका हुन् ।

गाँजा बैधानिक अभियानका लुम्बिनी प्रदेश संयोजक रबिन्श बिक्रम डाँगीले बैधानिक रुपमा सदनबाट गाँजाको बारेमा छलफल गरि नियम कानून बनाउनु उचित भएपनि अहिले प्रतिनिधिसभा नै भंग गरिएको हुँदा न्यायको लागि अदालत अगाडि शान्ति पूर्ण रुपमा ध्यानाकर्षण गराउन खोजेको बताए ।

प्रदर्शनमा नेपाल गाँजा बैधानिक अभियानका अभियन्ताहरु राजिब काफ्ले, ऋगेन्द्र गिरी लगाएत केही सर्वसाधारणको समेत सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV