११ माघ २०७७, आईतवार
  • हिक्मत रावल,

धनगढी, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज डा. भीम रावलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार कीर्ते सरकार भएको आरोप लगाएका छन् ।

नेकपाद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले राजपत्रमा समेत नक्कली काम गरेको भन्दै प्रधानमन्त्री ओलीमाथि उक्त आरोप लगाएका हुन् ।

प्रतिनिधिसभा विघटनपछिको अवस्थामा बहुमत सदस्य आफ्नो पक्षमा रहेकोले आफ्नो समूह नै आधिकारिक भएको र निर्वाचन आयोगलेसमेत बहुमत सदस्यकै पक्षमा निर्णय गर्ने विश्वास नेता रावलले व्यक्त गरे ।

दाहाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीको कदमविरुद्ध माघ १७ गते धनगढीमा विशाल जनसभा आयोजना गर्ने जनाएको छ । यसअघि ओली समूहले पनि धनगढीमा जनसभाको आयोजना गरेको थियो ।

उक्त जनसभामा सम्वोधनका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल धनगढी पुग्ने कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV