११ माघ २०७७, आईतवार

काठमाडौं, ११ माघ । गायक प्रविन वेडवाल र नवगायिका रंगिला बटालाको स्वरमा रहेको ‘थोरै खुशी’ गीतको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

जीवन दर्शनको भाव बोकेको यस गीतमा शब्द अमेरिकाको ओहिओ राज्यमा बसेर नेपाली सुगम संगीतमा योगदान पु-याइरहेका गीतकार गोपाल लोहारको रहेको छ ।


यस गीतलाई बसन्त सापकोटाले संगीतवद्ध गरेका हुन्भ, ने बिशम आचार्यले संगीत संयोजन गरेका हुन् । जीवन भोगाइको यथार्थलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धि निरौलाको जिवन्त अभिनय देख्न सकिन्छ ।

श्याम तामाङले छायांकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई काजी लिम्बू र श्याम लामाको निर्देशनमा तयार पारिएको हो ।

गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV