११ माघ २०७७, आईतवार
  • अमर काफ्ले

इनरुवा, ११ माघ । सुनसरीको इनरुवामा आयोजित विशेष कार्यक्रममा एक सय कृषकहरुलाई निःशुल्क रुपमा पशु औषधि वितरण गरिएको छ ।भारद्वाज भेट्स सप्लायर्स ३३ वर्ष पुगेको अवसरमा आयोजित औपचारिक कार्यक्रमकोबीच प्रदेश स्तरीय उत्कृष्ट कृषकहरुलाई निःशुल्क पशु औषधि वितरण गरिएको हो । इनरुवा नगरपालिकाको हलमा आयोजित कार्यक्रममा कृषकहरुलाई औषधि वितरण गरिएको थियो ।

भारद्वाज भेट्स सप्लायर्सका संचालक विष्णु निरौलाका अनुसार एक सय कृषकलाई निःशुल्क पशु औषधि बाडिएको छ । निरौलाले सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्येश्य अनुरुप कृषकहरुका लागि निःशुल्क औषधि वितरण गरेको बताउनु भयो ।

इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका साथै पशु चिकित्सक र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा किसानहरुलाई बाडिएको पशु औषधिमा दुध बढाउने, मुटु कलेजो दरो पार्ने र नाम्ले ठिक पार्ने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV