११ माघ २०७७, आईतवार

एजेन्सी, ११ माघ । भारतको हरिद्वार जिल्ला दौलतपुरकी एक युवती एक दिनका लागि मुख्यमन्त्री बनकी छिन् ।उत्तराखण्ड सरकारले १९ वर्षीया सृष्टि गोस्वामीलाई एक दिनका लागि मुख्यमन्त्री बनाएको हो। उनलाई २४ जनवरीका दिन आज राष्ट्रिय बालिका दिवसको अवसरमा उत्तराखण्डको मुख्यमन्त्री बनाइएको जनाइएको छ।

महिला सशक्तीकरणप्रति जाकरुकता फैलाउने उदेश्यका कारण उनलाई मुख्यन्त्री बनाएको जनाइएको छ । सृष्टीले आफू विशेषगरी बालिकाको सुरक्षासँग जोडिएका विषयप्रति केन्द्रीत हुने बताएकी छिन् ।

रुड्कीमा रहेको बीएसएम पीजी कलेजमा बीएस्सी एग्रीकल्चर पढिरहेकी सृष्टि एक दिनका लागि मुख्यमन्त्री बनेको विषय हाल सामाजिक सञ्जालमा भाइरल भइरहको छ । यसअघि सन् २०१८ मा पनि उनी उत्तराखण्ड बाल विधानसभाको मुख्यमन्त्रीमा चुनिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV