११ माघ २०७७, आईतवार

काठमाडौं, ११ माघ । गायिका एलिना चौहान र नवगायक आकाश मगरको युगल गायनमा समावेश ‘ओ माइ लर्ड’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अस्ट्रेलियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक आकाश मगरले नै यस गीतलाई संगीतवद्ध गरेका हछन् । प्रेमिल शैलीको यस गीतलाई गायक मगर र दिपक पाठकले मिलेर लेखेका हुन् ।

गीतमा लिल रक लुकको संगीत संयोजन रहेको छ । युवा युवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र जिवेश सिंह गुरुङ फिचर्ड छन् ।

रुपेश थापाले छायांकन गरेको यस भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । बिजेश पौडेलले भिडियोलाई सम्पादन गरेका हुन् ।

जिवेश सिंह गुरुङको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो । कलेजेज नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV