११ माघ २०७७, आईतवार
  • तारा आचार्य

विराटनगर, ११ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनस्र्थापना नभए यसबाट उत्पन्न हुने द्वन्द्वले मुलुकमा विग्रह आउन सक्ने भएकाले मुलुकमा शान्ति र स्थिरताका लागि पनि प्रतिनिधि सभा पुनस्र्थापना गरिनुपर्ने बताउनु भएको छ ।

आइतवार विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले संविधानको रक्षा र कार्यान्वयन गर्नु नेपाली कांग्रेसको प्रमुख लक्ष्य रहेको बताउनु भयो ।

उहाँले प्रतिनिधिसभा विघटनले संविधान जोखिममा परेकाले अहिलेको व्यवस्था र प्रणालीको रक्षा गर्नुपर्ने अवस्था आएको बताउनु भयो । गुँरास पुस्तकालय विराटनगरले आयोजना गरेको सो कार्यक्रममा कांग्रेसका पुराना नेता देवी डाँगीलाई २१ हजार नगद सहित सम्मान गरिएको थियो ।

यसैगरी कोरोना संक्रमणको समयमा संक्रमित देखि शव सम्मको व्यवस्थापनमा सहयोग गरेका वरगाछिका युवाहरुलाई पनि नद सहित सम्मान गरिएको थियो । सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्या मिनेन्द्र रिजाल, डिला संग्रौला , प्रदेश सदस्यहरु जिल्ला पाटीका सभापतिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV