११ माघ २०७७, आईतवार
  • जनकबहादुर शाही

हुम्ला, ११ माघ । राष्ट्रिय वाणिज्य बैंक को ५६ वार्षिकउत्सबको अबसर पारी राष्ट्रिय वाणिज्य बैंकको सिमकोट शाखामा एटिएम मेसिन जडान गरिएको छ । ५६ वार्षिकउत्सबको अबसर पारी बैंकका शाखा प्रबन्धक सबिता शाहीले एक कार्यक्रमका बिच कार्यालय परिसरमा जडान गरीएको एटिएम मेसिनको रिबन काटेर उदघाटन गर्नु भयो । राष्ट्रिय वाणिज्य बैंक हुम्लाले जिल्लामा पहिलो पटक एटिएम सेवा सुचारु गरेको छ ।

३ महिना लामो ब्यबस्थापन पछि बैंकले सो सेवा सुचारु गरेको हो । एटिएम उदघाटन पछि पहिलो पटक एटिएमबाट नगद निकालेकी बैंक कर्मचारी निर्मला लामिछानेले बिना झन्झट पैशा निकाल्न सकिने भएकाले अब बैंकका ग्राहकहरुलाई सजिलो हुने बताएकी छन् ।

आज माघ १० गते देशै भरीका राष्ट्रिय बाणिज्य बैंकहरुले आफ्नो ५६ बार्षिक उत्सब मनाएसंगै सिमकोट शाखाले पनि आफ्नो ५६ बार्षिक उत्सब मनाएको छ । राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखाले शनिबार मनाएको बार्षिक उत्सबसंगै आजबाट ए.टि.एम पनि संचालनमा ल्याइएको छ । हालसम्म चेकबाट मात्रै नगद कारोबार गर्दै आएको बैंकले एटिएम सेवा संचालन गरेपछि ८० हजार भन्दा कमको रकम निकाल्दा बैंकमालामो समय लाईनमा बस्नु पर्ने बाध्यता हटेको सिमकोट शाखा प्रबन्धक सबिता शाहीले बताईन । एक चोटीमा रु २० हजारका दरले ४ पटक सम्म गरि दिनमा रु ८० हजार रुपैया निकाल्न सकिने र एटिएम जडानले बैंकका ग्राहकहरुलाई सजिलो हुने प्रबन्धक शाहीले बताईन ।

२०७७ पौष मसान्तसम्म राष्ट्रिय बाणिज्य बैंकको कुल निक्षप रु. २४२ अर्ब, रु.१७५ अर्ब कर्जा लगानि भएको छ । २ सय ४५ शाखामा ३ हजार ६ सय ३५ जनशतिm कार्यरत छन, देशभरी २ सय ५ एटिएम संचालनमा छन । यसैगरी ३२ लाख ग्राहक रहेको राष्ट्रिय बाणिज्य बैंकका १३ लाख मोवाईल बैंकिङ्ग ग्राहक रहेको राष्ट्रिय बाणिज्य बैंको सिमकोट शाखामा रु ७५ करोडको निक्षपरहेको छ । रु ३४ करोड कर्जा लगानि भएको छ । २४ हजार ग्राहक रहेको सिमकोट शाखामा ६ जना कर्मचारी कार्यरत छन । १ हजार ३ सय एटिएम प्रयोगकर्ता छन भने २ हजार ५ सय ग्राहकले मोवाईल बैंकिङ्ग सेवा लिएको प्रबन्धक शाहीले बताईन् ।

शनिबार मनाएको बार्षिक उत्सब कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्धक शाहीले राष्ट्रिय बाणिज्य बैंक ५६ बर्षमा प्रबेश गरेको अबसरमा बैंकका सम्पुणर् ग्राहक, सेरधनि, कर्मचारी, शुभचिन्तक र शुभेच्छुकहरुमा आभार प्रकट गर्दै बैंकले आगामी दिनमा थप गुणस्तरीय, आधुनिक, दिगो एबं बिश्वसनिय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV