१० माघ २०७७, शनिबार
  • सुरेश श्रेष्ठ,

दाङ, १० माघ । राजपुर गाउँपालिका–७ स्थित माध्यामिक विद्यालय सिक्टाका प्रधानाध्यापक बिष्णु खत्रीले सोही गाउँपालिका–७ का वडाध्यक्ष भीम बहादुर खड्कालाई केही दिनभित्रै सिध्याईदिने धम्की दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१३ बखारिया घर भई हाल माध्यामिक विद्यालय सिक्टामा अध्यापन गराउदै आएका खत्रीले आफूलाई धम्की दिएको भन्दै वडाध्यक्ष खड्काले विज्ञप्ती जारी गरेका छन् ।

प्रधानाध्यापक खत्रीले यही माघ ७ गते वडा नम्बर ७ को वडा कार्यालयमा सिफारिस लिन जाँदा वडाध्यक्षलाई अनेक बिषयमा गाली गलौज गरेको वडा कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको भनाइ छ ।

वडा कार्यालयका अन्य कर्मचारीकै अगाडि बिना कारण तथानाम गाली गलौच गर्दै मार्ने धम्धी दिएको वडाध्यक्ष खड्काले जारी गरेका प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रधानाध्यापक खत्रीले वडाध्यक्ष खड्कालाई विभिन्न आरोप लगाउदै केही दिन भित्रै सिध्याई दिने समेत धम्की दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

वडा अध्यक्ष खड्काले आफूलाई धम्की दिने शिक्षकलाई कानूनी कारबाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नागरिक समाज, मानव अधिकारकर्मीसँग अनुरोध गरेका छन् ।

बेला–बेला शिक्षक खत्रीले विप्लब माओबादीको समेत धम्की दिने गरेका छन् । यो बिषयमा सम्पर्क गर्न खोज्दा प्रधानाध्यापक खत्रीको मोबाइल बन्द भएकोले सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV