१० माघ २०७७, शनिबार

एजेन्सी, १० माघ । विश्व चर्चित टेलिभिजन पत्रकार ल्यारी किङको ८७ वर्षको उमेरमा निधन भएको छ ।किङलाई पछिल्लो समय कोरोना भाइरस संक्रमण समेत भएको थियो । जनवरी २ मा उनलाई एन्जलसको देवदार-सिनाई मेडिकल सेन्टरमा कोभिड १९ को अस्पतालमा भर्ना गरिएको थियो । उनी लामो समयेदेखि अस्वस्थ थिए । उनले लिएका अन्तर्वार्तालाई धेरै श्रोताले मन पराउथे ।

लामो समय सिएनएनमा आबद्ध रहेर राजनीति, समाज, मनोरञ्जन लगायतका क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तिको उनले अन्तर्वार्ता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV