१० माघ २०७७, शनिबार
  • हरिकृष्ण गौतम,

म्याग्दी, १० माघ । उच्च जोखिममा रहेको म्याग्दीको सरदमुकाम बेनीबजारको संरक्षणका लागि यस बर्ष ३ करोड बिनियोजन गरिएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित दुई ठूला नदीको उच्च जोखिममा परेपछि ३ करोड विनियोजनसँगै संरक्षणको थप काम गरिने भएको छ ।

गतबर्ष सदरमुकाम बेनी आसपासका क्षेत्रमा करिब ४ करोडको खर्चमा बजार संरक्षणको काम भएको थियो । विगत एकदशक यता बेनीबजार संरक्षणमा कराडौं बजेट विनियोजन भएपनि आयोजना पक्षको गलत इष्टिमेटका कारण बर्षेनी कटानले क्षति गर्ने गरेको छ ।

हरेक बर्ष म्याग्दी र कालिगण्डकी नदीको कटानको चपेटामा परेको बेनीबजारलाई संरक्षण गर्न कुल २० करोड माग गरिएकोमा यसबर्ष पुरानो र नयाँ काम गर्न ३ करोड विनियोजन गरिएको बताइएको छ ।

गतबर्ष बगरफाँट, भसभसे लगायतका क्षेत्रमा गरिएको संरक्षण नदी कटानले क्षति पुगेको छ भने बेनीबजार संरक्षणका लागि आर्थिक वर्ष २०७३/७४ र ०७४/७५ मा झण्डै ५ करोड खर्चिएर म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडिबाट जेसिज सचिवालय भवनसम्मको पक्की तटबन्ध भत्काएको थियो ।

आर्थिक वर्ष २०७४/७५ मा दुईवटा प्याकेजमा काम गर्ने गरी ११ करोड ३२ लाखको लागतमा कालीगण्डकीको दायाँ र म्याग्दी नदीको बायाँ किनारामा आरसिसी ररिटेनिङ (मेसिनरी) पर्खाल बनाइएको थियो ।

यता बेनीबजारको संरक्षणका लागि तटबन्ध निर्माण कार्यमा ढिलाई भएको छ । छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा बजार संरक्षणको काम धमाधम भइरहदाँ बेनी आसपासको क्षेत्रमा सुरसार पनि गरेको छैन् ।

नदीमा पानीको सतह बढेसँगै काम गर्न समस्या हुने र दिगो समय नहुने भन्दै समयमै काम सुरु गर्न गरिएको ताकेता सम्बन्धित निकायले बेवास्ता गरेको बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

कालिपुल बसपार्क क्षेत्रमा पानीको सतहमा कंक्रिट र माथिल्लो क्षेत्रमा तारजालीको प्रयोग गरिने छ भने मंगलाघाट र प्रहरी कार्यालय आसपासको क्षेत्रमा कंक्रिट पर्खाल लगाउने रुपाताल एकीकृत संरक्षण विकास परियोजनाले जनाएको छ ।

संरक्षणको नाममा बर्षेनी करोडौं खर्च गर्ने गरिएपनि मनसुन सकिने समयमा परेको भारी वर्षाले खोलामा एक्कासी पानीको सतह बढेपछि तटबन्ध बगाउने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV