१० माघ २०७७, शनिबार

काठमाडौं, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुसँग छलफल गर्नुभएको छ ।

माओवादी ‘जनयुद्ध’ प्रति असहिष्णु रहँदै आउनुभएका प्रधानमन्त्री ओलीले पार्टी विभाजन भएपछि पूर्वमाओवादीहरुलाई आफूतिर आकर्षण गर्न थाल्नुभएको छ ।

यही क्रममा शनिबार प्रधानमन्त्री ओलीले वालुवाटार बोलाएरै पूर्व जनमुक्ति सेनाका कमाण्डहरुसँग छलफल गर्नुभएको हो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा पूर्व लडाकुहरुले पु¥याएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको सुनाउनुभयो ।

उहाँले जनयुद्धको अवधिमा लडाकुहरुले पु¥याएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको बताउनुभयो । तर, नेतृत्वले पूर्वमाओवादीको भावनाको दुरूपयोग गरेको उल्लेख गर्दै अबको आफ्नो नेतृत्वले विगतमा जस्तो धोका नदिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

आफूसँग ढुक्क रहन पनि प्रधानमन्त्री ओलीले पूर्वमाओवादी सेनाका कमाण्डरहरुलाई विश्वास दिलाउनुभयो ।

   

प्रतिक्रिया दिनुहोस्

LIVE TV