१० माघ २०७७, शनिबार
  • हिक्मत रावल,

धनगढी, १० माघ । आगामी फागुन १४ र १५ गते आयोजना हुने सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको ट्रफि शनिवार सार्वजनिक गरिएको छ । आयोजक शिवपरीधाम तेक्वान्दो डोजाङले धनगढीको शिवपुरीधाममा आयोजित समारोहमा ट्रफी सार्वजनिक गरेको हो ।

शिवपुरी डोजाङ प्रमुख तेक्वान्दो प्रशिक्षक आशिष चन्दले पहिलो पटक आयोजना हुने लागेको प्रदेशस्तरीय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहने बताए ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति कैलाली अध्यक्ष पुष्प कुँवरले प्रतियोगिता व्यवस्थित रुपमा सम्पन्न गर्न खेलप्रेमी सवैसँग छलफल गरी अगाडि बढ्ने बताए ।

महिला र पुरुष दुर्व तर्फ १८ देखि ६३ केजि तौल समूहमा सम्पन्न हुने प्रतियोगिताका लागि तत्काल जिल्लास्तरीय प्रतियोगिता मार्फत खेलाडी छनौट गरिने प्रशिक्षक चन्दले जानकारी दिए ।

कार्यक्रममा तेक्वान्दो प्रशिक्षक शेरबहादुर सिंह, देवराज चौधरी, बुद्धि खडकाले वर्तमान विषम परिस्थितिमा खेलाडीहरुको मनोबल उच्च राख्न प्रतियोगिता आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV