१० माघ २०७७, शनिबार
  • सुरेश श्रेष्ठ

दाङ, १० माघ । दाङस्थित देउखुरीको जङ्गलमा एउटा चितुवा मृत अवस्थामा भेटिएको छ ।

लमहीको अजम्मरी सामुदायीक वन क्षेत्रमा दाउरा लिन गएका स्थानीयले देखेपछी वन कार्यालयलाई खबर गरेका थिए । उक्त चितुवा गलि सकेकोले केहि दिनअघि चितुवा मरेको अनुमान गरिएको छ । चितुवाको घाँटीमा पासो लागेको जस्तो निशान फेला परेको छ ।

जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुन सक्ने अनुमान गरिएको छ । मृत फेला परेको चितुवालाई पोष्ट मार्टम गरी व्यवस्थापन गरिने सहायक वन अधिकृत पुरण चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV