१० माघ २०७७, शनिबार

काठमाडौं, १० माघ । युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई गृह जिल्लामा आयोजना हुने कार्यक्रममा जान स्थानीयले रोक अवराेध गरेका छन् । शनिबार आयोजना गरिएको भेलालाई सम्बोधन गर्न गृह जिल्ला सिन्धुपाल्चोकतर्फ हिड्नु भएका मन्त्री तामाङलाई इन्द्रावती गाउँपालिकामै रोकिएको हो ।

सवारी साधनमार्फत कार्यक्रमको सम्बोधनका लागि हिड्नु भएका मन्त्री तामाङलाई सडक नजिकको रुख ढालेर अबरोध गरिएको बताइएको छ ।

सत्तारुढ दल नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अनौपचारिक रुपमा विभाजित छ । मन्त्री तामाङ प्रधानमन्त्री ओली समुहमाका हुनुहुन्छ ।  उहाँ नवनियुक् युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ ।

अहिले मन्त्री तामाङ मेलम्चीमा रोकिनु भएको छ । ४ घण्टा लामो अबरोध अझै खुलेको छैन । उहाँ सिन्धुपाल्चोकमा आयोजना हुने ओली समुहको नेकपा भेलालाई सम्बोधन गर्न त्यसतर्फ जाँदै हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV