१० माघ २०७७, शनिबार
  • शिव डुम्रे

बुटवल, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहका स्थायी समिति सदस्य एवं लुम्बिनी इन्चार्ज युवराज ज्ञवालीले अदालतको काम संविधान संशोधन गर्ने नभई संविधानको व्याख्या गर्ने रहेको बताएका छन् । उनले संविधान संशोधन गर्ने काम प्रतिनिधी सभाको रहेको भन्दै न्यायधिसहरुले संविधानको व्याख्या गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

नेकपाको लुम्बिनी प्रदेश कमिटि प्रचार प्रसार समितिले प्रदेश पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले ओली पक्षमा जानेहरु इमान्दार नेता कार्यकर्ताहरु आफ्नै संस्थापन पक्षमा फर्किनेमा ढुक्क रहेको बताउँदै ओलीलाई प्रतिगमनकारी संसद विघटनको कारण पार्टीले साधारण सदस्यबाट समेत निष्कासन गर्न लागेको समेत बताए ।

उनले प्रतिगमनकारी कदमविरुद्धको आन्दोलनमा सबैलाई एकजुट हुन आग्रह गर्दै काठमाडौंमा गरिएको प्रदर्शन पहिलो प्रयास रहेको र त्यसखाले कार्यक्रम निरन्तर गर्नेसमेत बताए ।

आगामी १५ गते बुटवलमा पनि लुम्बिनी प्रदेशस्तरीय प्रदर्शन राखिएको जानकारी दिदैं उनले कार्यक्रममा पार्टीका अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल, घनश्याम भुषाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको समेत उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV