१० माघ २०७७, शनिबार
  • बाल बिक्रम कार्की

रौतहट, १० माघ । रौतहटको चन्द्रपुर नगरपालिका – १ पौराहीमा मा बसोबास गर्दै आइरहेकी ७५ वर्षीया वृद्धा सन्चमाया योन्जन र उनको परिवारले हालसम्म नेपालको नागरिकता नपाएको विषयमा न्यूज २४ को कार्यक्रम कल २४ मा रिर्पोट प्रशारण गरेपछि स्थानिय प्रशासनको यसलाई गम्भीर रुपमा लिएको छ ।

नागरिकता नपाएकी सन्चमायाको पौराही स्थित उनको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले वस्तुस्थितिको बारेमा बुभ्mनु भएको छ । प्रमुख जिल्ला अधिकारी यादव इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख उपसचिव डोरेन्द्र निरौला सहित योन्जनको घरमा पुगेर नागरिकता नपाउनुको कारणबारे बुभ्mदै उनलाई नेपालको नागरिकता दिलाउन सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले कुनैपनि नेपाली नागरिकले नागरिकताबाट बञ्चित हुन नपर्ने भन्दै केही आवश्यक कागजात उपलब्ध हुने बित्तिकै उनलाई नागरिकता दिलाउन सहज हुने बताउनुभयो । उहाँले आवश्यक कागजात उपलब्ध गराउन मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नम्बर २ डोटे राइगाउँको वडा कार्यालयसँग पनि प्रशासनले सहकार्य र पहल गर्ने बताउँदै आफुहरु नागरिकताका कडाइ गर्न नभएर सहजीकरण गर्न बसेको जनाउनुभयो ।

यसैगरी इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डोरेन्द्र निरौलाले पनि यस विषयमा चासो देखाउँदै आफ्नो र कार्यालयको तर्फबाट सक्ने र हुने सहयोग गर्न आफु तयार रहेको बताउनुभयो । उहाँले बाबु आमाको नागरिकता नभएकै आधारमा बच्चाहरुले जन्मदर्ता नहुनु दुःखद् रहेको जन्मदर्तालाई नागरिकतासँग नभइ घटना दर्तासँग हेर्नुपर्ने जिकिर गर्नुभयो । स्थानिय तहका जनप्रतिनिधीहरुले बुबाआमाको नागरिकता नभएपनि जन्मदर्ता गर्दा हुने कुरा नबुभ्mदा बालबालिकाको जन्मदर्ता नगर्दा समस्या भएको बताउनुभयो ।

सञ्चमायाको मात्र नभइ उनीसँगै बसोबार गर्दै आइरहेका उनका नाति र नातिनी बुहारी पनि नागरिकता बन्न सकेको छैन् । उनकी छोरीको छोरा २२ वर्षिय शरण तामाङ्ग र उनकी श्रीमती २३ वर्षिया अनिषा तामाङ्ग पनि नागरिकता बनेको छैन् । कक्षा ४ सम्म मात्र पढेका शरण ६–७ वर्षको हुँदा उनको बुबाको मृत्यु भएको र आमाले उनलाई छाडेर अर्को बिवाह गरेर गएपछि उनको पनि नागरिकता बनाउन सकस भएको हो ।

अहिले उनको ३ वर्षको र १ वर्षको दुई छोराहरु छन् । श्रीमान–श्रीमती दुबैजनाको नागरिकता नभएपछि उनीहरुको बिवाह दर्ता भएको छैन् अनि बिवाह दर्ता नभएकाले छोराहरुको जन्मदर्ता भएको छैन् । जन्मदर्ता नहुँदा जेठो छोरालाई विद्यालय भर्ना गर्न पाएका छैनन् भने कान्छो छोरा राज्यले प्रदान गर्दै आइरहेको पोषण भत्ताबाट बन्चित छन् ।

यता योञ्जनलाई नागरिकता दिलाउन पहल गरिरहनु भएका स्थानीय एका बहादुर मोक्तानले इलाका प्रशासन कार्यालयले भने अनुसारको केही कागजातहरु आफुले जम्मा गरेको र आइतबार योञ्जनलाई लिएर नागरिकता बनाउन सो कार्यालयमा जाने जानकारी दिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारीनै सो स्थानमा पुगेपछि भने नागरिकता पाउने आशा योञ्जन परिवारमा पलाएको छ । प्रमुख जिल्ला अधिकारी र इलाका प्रशासन कार्यालय प्रमुख सो स्थानमा पुग्दा नागरिकता नपाएकी सोही स्थानकी ७४ वर्षिया ठुलीमाया योञ्जनले पनि आफ्नो पिडा सुनाउँदै नागरिकता दिलाउन आग्रह गरेकी थिइन् । वि.सं. २०२२ सालदेखिनै सोही स्थानमा वसोवास गर्दै आएकी उनको श्रीमानको भने नागरिकता रहेको छ । आफुले नागरिकता बनाउन धेरै पटक पहल गरेपनि नसकेको उनको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV