१० माघ २०७७, शनिबार

एजेन्सी, १० माघ । फ्रान्सेली लिग वानअन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जीत निकालेको छ ।निकै रोमान्चक बनेको उक्त खेलमा पिएसजीले मोन्टपिलिएरलाई ४–० गोलले पराजित गरेको हो ।

उक्त खेलमा पिएसजीलाई जित दिलाउन किलियन एमबाप्पेले २ गोल गरे भने नेयमार र माउरो इकार्डीले एक एक गोल गरे ।उक्त खेलको ३४औं मिनेटमा पिएसजीका एम्बाप्पेले गोल गरी टिमलाई अग्रता दिलाए ।

उनले एन्जल डि मारियाको पासमा गोल गरेका हुन् । त्यसपछि खेलको ६०औं मिनेटमा नेयमारले गोल गरे । उनले एमबाप्पेको पासमा गोल गरेका हुन् ।त्यसपछि खेलको ६१औं मिनेटमा पिएसजीका इकार्डीले गोल गरे ।

त्यसपछि ६३औं मिनेटमा एमबाप्पेले अर्को गोल गरी पिएसजीलाई जित दिलाए । जितसँगै पिएसजीले २१ खेलबाट ४५ अंक जोड्दै शीर्षस्थानमा ३ अंकको अग्रता लिएका छ

प्रतिक्रिया दिनुहोस्

LIVE TV