१० माघ २०७७, शनिबार

एजेन्सी, १० माघ । रियलम्याड्रिडका म्यानेजरजिनेदिन जिदानलाई कोरोना संक्रमण भएको छ । स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका प्रशिक्षक तथा फ्रान्सका पूर्व खेलाडी जिनेदिन जिदानलाई कोरोना संक्रमण भएको हो ।

शुक्रबार उनलाई कोरोना संक्रमण भएको क्लबले जानकारी दिएको छ।

कोरोना संक्रमण भएपछि उनी अब एकान्तवासमा जानुपर्ने भएको छ। जसका कारण लिगमा शनिबार राति (आइतबार बिहान पौने दुई बजे) अलाभेससँग हुने खेलमा उनी उपस्थित हुने छैनन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV