९ माघ २०७७, शुक्रबार

काठमाडौं, ९ माघ । गायक एच.बी. सुनार र मन्जु उपासनाको युगल स्वरमा रहेको गीत ‘दिइसके यो जीवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शान्त गोविन्द महर्जनको शब्द र एच. बी. सुनारकै संगीत रहेको डान्सिङ शैलीको यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।

गीतको म्युजिक भिडियोमा नायक पुष्प खड्का र पछिल्लो समय टिकटकमा हिट हुदै मोडेल बनेकी गीता ढुंगानाको नृत्य र अभिनय रहेको छ ।

ज्ञानेद्र शर्माको सिनेमाटोग्राफी, सुबोल थापाको कोरियोग्राफी, रहेको भिडियोमा अमृत चापागाईको सम्पादन र शिशिर श्रेष्ठको निर्देशन रहेको छ ।

दशकौ देखि नेपाली सांगीतिक छेत्रमा क्रियाशील गायक एबम संगीतकार एच. बी. सुनारका यसअघि दर्जनौ गीतहरु सार्वजनिक भैसकेका छन् भने एच.बी. र मन्जु मिलेर लामो समयदेखि मन्जरी संगीत पाठशालाको सञ्चालन गर्दै आएका छन् ।

मन्जु गायन रियालिटी सो कार्यक्रम सिङगिङ स्टारकी जज समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV