९ माघ २०७७, शुक्रबार
  • तारा आचार्य,

मोरङ, ९ माघ । आगामी २०७८ साल बैशाखमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय मोरङले मतदाता नामावली अद्यावधिक कार्यक्रम शुरु गरेको छ ।

शुक्रबार बिराटनगरमा जिल्ला निर्वाचन कार्यालय मोरङले आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा निर्वाचन ऐन अनुसार पुष ५ गते देखि मतदाता नामावली संकलन रोकिएको अवस्थामा मतदाता नामावलीमा दावी विरोधका लागि सबै राजनीतिक दलका प्रतिनिधिहरुलाई आग्रह गरिएको छ ।

कार्यक्रममा मतदान स्थल र मतदान केन्द्र परिवर्तनको बारे राजनीतिक दलहरु संग परामर्श थालिएको र सिफारिश समितिको आधारमा मतदान स्थल र मतदान केन्द्र परिवर्तन हुने जिल्ला निर्वाचन अधिकारी महेश कुमार ठाकुरले जानकारी दिनुभयो ।

मोरङको १७ वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारीहरु नियुक्ति गर्ने प्रक्रिया थालिएकोले मरेको, दोहोरिएको, बर्साई सर्राई गरी गएको मतदाताहरु बारे दाबी विरोध गर्न सुचना गरिएको छ ।

मोरङका १७ वटा स्थानीय तहका ३०० वटा मतदान स्थलमा ७५८ वटा मतदान केन्द्र रहेकोमा मतदाता संख्या बढेकाले ७ सय ८४ वटा मतदान केन्द्र हुने अनुमान गरिएको छ ।

सो छलफल कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न पालिकाका प्रमुखहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV