९ माघ २०७७, शुक्रबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, ९ माघ । सामुदायिक विद्यालयमा उच्च शिक्षा अध्ययनरत २५ जना गरीब, दलित, जेहेन्दार र मुस्लिम बालिकालाई साइकल वितरण गरिएको छ ।

कपिलवस्तु नगरपालिका वडा नम्बर २ को कार्यालयले वडाका २५ जना छात्राको उच्च शिक्षामा टेवा पु¥याउने उद्धेश्यका साथ साइकल वितरण गरेको हो ।

वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार, कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, उपप्रमुख लक्ष्मी गुप्ता, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, कार्यपालिका सदस्य सबिता घिमिरे र सामाजिक बिकास सल्लाहकार सुरेन्द्रराज लम्साललगायतले साइकल हस्तान्तरण गरेका थिए ।

वडा कार्यालयले आफूहरुलाई साइकल हस्तान्तरण गर्दा खुसी लागेको छात्राहरुले बताए । तौलिहवास्थित तौलेश्वरनाथ संस्कृत बिद्यालयमा ११ कक्षामा अध्ययनरत छात्रा बिद्यावती यादवले वडाको कार्यले आफूहरुलाई शिक्षा प्राप्तीमा सहयोग पुगेको बताइन ।

उनी जस्तै तौलिहवास्थित बुद्धपद्धम माबिमा अध्ययनरत छात्रा दीपा कुर्मीले समेत वडाको सहयोग र वडा अध्यक्षले छात्रा शिक्षा प्रबद्र्धनका लागि गरेको अगुवाईको प्रशंसा गरिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV