९ माघ २०७७, शुक्रबार
  • शिव डुम्रे,

रबुटवल, ९ माघ । भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको ५२ वर्षको उमेरमा निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ भलवारी बस्दै आएका कार्कीको आज विहान हृदयघातबाट निधन भएको हो ।

बुटवलबाट काठमाडौं लैजादै गर्दा मुगलिन नजिकै बाटोमा निधन भएको जनाइएको छ । सन् २०१९ मा आयरल्यान्डको लाइमेरिकमा चार दिनसम्म सञ्चालित मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जितेका थिए ।

सन् २०१९ को जुलाईमा ५०–५४ बर्ष उमेर समूह र २२० पाउण्ड वजनमा कार्कीले यूएसपीएलमा स्वर्ण पदक प्राप्तसँगै आयरल्याण्डमा सम्पन्न आईपीएल प्रतियोगितामा उनी छनौट भएका थिए ।

भारत्तोलक कार्कीले ४४–४९ बर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको यूएसपीएल प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।

नेपालमा भारत्तोलनको तालिम सञ्चालन गरेर आगामी पुस्तालाई पनि विश्व च्याम्पियन स्तरमा पुर्याउने उद्देश्यले नेपाल फर्किएका थिए ।

नेपाल र नेपालीको नाम बिश्वसामु पुर्याउन सफल भारत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी एवं च्याम्पियन कार्कीको निधनले खेलजगत स्तब्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV