९ माघ २०७७, शुक्रबार

हेटौंडा, ९ माघ ।   हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडाैं जाने छोटो दूरीको सडक दुई महिनाका लागि बन्द हुने भएको छ ।

निर्माणाधीन भीमफेदी-कुलेखानी सडकखण्ड भोलिदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द हुने भएको हो । हाल उक्त सडकखण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी रहेको छ ।

वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाका अनुसार निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीमा ढलान हुने भएकाले सडक हुन लागेको हाे ।

भीमफेदी–कुलेखानी सडक बन्द भएपछि हेटौंडाबाट काठमाण्डाै आउन अब त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV