९ माघ २०७७, शुक्रबार
  • शिव डुम्रे

बुटवल, ९ माघ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी दलका केन्द्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओली सरकारको प्रतिगमनविरुद्ध तेस्रो जनआन्दोलनको आवश्यकता भएको बताउनुभएकाे छ ।

उहाँले सर्वोच्च अदालतलाई समेत प्रधानमन्त्री ओलीले धम्की दिइरहेको कारण अदालतबाट संसद पुर्नस्थापना हुने विश्वास कम रहेकोतर्फ इंकित गर्दै जनताहरु जुर्मुराएमा मात्रै संसद व्युतने दाबी गर्नुभयाे ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले प्रधानमन्त्रीले संसद विघटन गर्नुपूर्व चोर बाटोबाट संवैधानिक परिषद्हरुमा आफ्ना कार्यकर्ताहरुलाई भर्ति गर्ने र देश नै कब्जा गर्ने मनसायबाट प्रेरित भएको बताउँदै सो गैरसंवैधानिक कदमको विरुद्ध देशव्यापी आन्दोलनको जरुरी रहेको बताउनुभयाे ।

डा. भट्टराईले यहीँ अवस्थामा केन्द्र र प्रदेशमा दुवै तहमा जनता समाजवादी दल सरकारमा सहभागी नहुने स्पष्ट पार्दै आफ्नो पार्टीले प्रतिगमनको विरुद्ध आन्दोलनको तयारी गरिरहेको बताउनुभयाे । उहाँले प्रतिगमविरुद्धको आन्दोलनमा सबैसँग कार्यगत एकता गर्न तयार भएको समेत बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV