९ माघ २०७७, शुक्रबार

एजेन्सी, ९ माघ । भारतको कर्नाटकमा एक ट्रकमा भयंकर विस्फोट भएको छ । कर्नाटकस्थित शिवमोगा जिल्लामा विस्फोटक पदार्थ बोक्ने एक ट्रकमा विस्फोट भएको हो।

सो विस्फोटनमा परि हालसम्म ८ जनाको मृत्यु भएको पुष्टि भएको छ। ट्रकमा ठूलो मात्रामा जिलेटिन स्टिकहरू राखिएको र कामदारहरूको ठूलो संख्या रहेको प्रहरीले जनाएको छ । घटना राति साढे १० बजेतिर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अन्य पनि धेरै जना हताहती भएको आशंका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। जसले गर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

विस्फोट यति ठूलो भएको थियो कि निकै परसम्म भूकम्प गएझैं कम्पन महसुस भएको थियो। वरपरका घरका सिसाका झ्यालसमेत फुटेका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV