९ माघ २०७७, शुक्रबार

काठमाडौं, ९ माघ । सिपाही राधिका थापा पहिलो प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सक्ने पहिलो महिला सैनिक भएकी छन् । झन्डै तीन महिला लामो तालिम उनले पुरा गरेर पहिलो युद्धकता तालिम गर्ने महिला भएकी नेपाली सेनाले जानकारी दिएको छ ।

तालिम कार्तिक १८ गतेदेखि माघ ६ गतेसम्म संचालन भएको थियो । प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयकी सैनिक व्याच नम्वर २६३८०७ नम्वर राधिका पहिलो पटक तालिममा सहभागी भएकी थिइन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्वर २ थापाटोल स्थायी घर भएकी राधिका २०६९ असार १५ गते नेपाली सेनाको सैन्य दर्जाबाट नेपाली सेनामा प्रवेश गरेकी थिइन् ।

उनी २०७० जेठ २४ गतेदेखि प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत थिइन् । थापाले लिएको तीन महिने तालिममा जंगल नेभिगेशन, धराप निर्माण गर्ने, सर्पदंग व्यवस्थापन लगाइत जंगलमा हुन जोखिम व्यवस्थापन सम्वन्धि तालिम दिइन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV