९ माघ २०७७, शुक्रबार

एजेन्सी, ९ माघ । ला लिगा क्लब बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम ३२ को खेलमा कोर्नेलालाई २-० गाेल अन्तरले पराजित गर्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो ।

बार्सिलोनाले १० खेलाडीमा समेटिएको कोर्नेलाविरुद्ध अतिरिक्त समयमा जित निकालेको हो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र मार्टिन ब्रेथवेटले गोल गरे । दुवै गोलमा पेड्रीको असिस्ट दिएका दिएका थिए ।

कोर्नेलाको मैदानमा बार्सिलोनाले दुई पेनाल्टीमा गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । ३९औं मिनेटमा मिरालेम प्यानिचले पेनाल्टी चुकाएको थियो । अल्वर्ट इस्टिललेसले पेनाल्टी बक्समा रोनाल्ड एराउजोमाथि फल गरेपछि बार्सिलाेनाले पेनाल्टी पाएकाे थियाे ।

८०औं मिनेटमा पनि बार्सिलाेनाले पेनाल्टी चुकायाे । मोरेनोले क्लेमेन्ट लेङ्लेटमाथि फल गरेपछि प्राप्त पेनाल्टीमा यसपटक औसमाने डेम्वेलेको प्रहार गरेका थिए । गोलरक्षक रमोन जुआनले अर्काे पेनाल्टी बचाउदै खेललाई अतिरिक्त समयमा लम्ब्याएका थिए ।

खेलको ९२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको १२० औं मिनेटमा मार्टिनले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।कप्तान लियाेनेल मेस्सी भने अहिले मैदान बाहिर छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV