८ माघ २०७७, बिहीबार

एजेन्सी, ८ माघ । भारतको पुणे प्लान्टको सेरम इन्स्टिच्युटको टर्मिनल एक गेटमा आगो लागेको छ।भवनको चौथो र पाँचौं तलामा आगो लागेको जनाइएको छ । ठूलो मात्रामा लागेको आगो नियन्त्रण गर्न १० दमकल त्यहाँ पुगेको बताइएको छ ।

उक्त आगलागी नियन्त्रणमा लिन विभिन्न ठाउँबाट अग्नि नियन्त्रकहरु प्रयासरत छन् । भारतको सीरम इन्स्टिच्युट विश्व स्वास्थ्य संगठनद्वारा समर्थित कोभ्याक्सिन योजनाको हिस्सा हो। मध्यम आय भएका देशहरूमा खोपहरू उपलब्ध गराउने उद्देश्य रहेको छ। संस्थान पुणेको माझारी क्षेत्रमा अवस्थित छ।

कोरोना भाइरसविरुद्ध अक्सफोर्ड–अस्ट्राजेनिकाको कोरोना खोप सेरम इन्स्टिच्युटमा उत्पादन हुँदै आएको छ । इन्स्टिच्युटमा आगलागीको कारण के हो ? भनेर हालसम्म कुनै विवरण आएको छैन ।

पुणेका डिप्टी पुलिस कमिश्नर नम्रता पाटिल एमले भनेका छन्, ‘यो आगो प्लान्टको टर्मिनल एक गेटबाट सुरु भएको छ ।’ उनीहरूले राहत कार्यमा अवरोधको सामना गरिरहेका छन् चारैतिर धुवाँको फैलिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV