८ माघ २०७७, बिहीबार

काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली कांँग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा बिघटनविरुद्ध पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अन्तर्गत कांग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको हो । ६ हजार ७४३ वडामा आयोजना गरिएको विरोध प्रदर्शनमा नेताहरुले सम्बोधन गरेका थिए ।

त्यस्तै काठमाडौंमा भएको प्रदर्शनमा शिर्ष नेताहरुले सम्बोधन गरेका थिए । यसै क्रममा कांग्रेसले माइतीघरमा आयोजना गरेको विरोध प्रदर्शनमा कांग्रेस नेता प्रकाशमान सिंहले संविधानलाई बेवास्ता गरेर प्रधानमन्त्रीले एकलौटी ढंगले संसद बिघटन गरेकाले कांग्रेस विरोध प्रर्दशनमा उत्रिएको बताउनुभयो ।

उहाँले मुलुकलाई तानाशाही शासनतर्फ अघि बढाएको र एकलौटी रुपमा निर्वाचनको घोषणा गरेको तर्क गनुभयो ।

यसअघि कांग्रेसले संसद विघटनको कदम विरूद्ध गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV