८ माघ २०७७, बिहीबार

काठमाडौं, ८ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बिघटनको कदम खारेज नभएसम्म संघर्षका कार्यक्रमलाई शसक्त बनाएर अघि बढ्ने जनाएको छ ।

नेकपा आन्दोलनको केन्द्रीय संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असंवैधानिक कदम खारेज र प्रतिनिधिसभा पुनस्र्थापना नभएसम्म आन्दोलन जारी राख्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा समितिका संयोजक नारायणकाजी श्रेष्ठले संविधान संकटमा पार्ने काम भइरहेको भन्दै प्राप्त उपलब्धिको रक्षा गर्न पनि संघर्षको बिकल्प नभएको बताउनुभयो । उहाँले शुक्रबार काठमाडौंका बिभिन्न्न स्थानबाट र्याली सहितको प्रदर्शन हुने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले शुक्रबारको कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । जसअनुसार काठमाडौं उपत्यकामा नौ स्थानबाट विरोध ¥याली निस्कँदैछन् ।

जुलुसको नेतृत्व स्थायी कमिटी नेताहरुले गर्नेछन् भने जुलुस रत्नपार्कमा आएर जम्मा हुनेछ । त्यसपछि मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, शहीदगेट, एनएसी, भोटाहिटी, रत्नपार्क, विद्युत प्राधिकरण हुँदै कोणसभामा परिणत हुने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV