८ माघ २०७७, बिहीबार
  • राजु पौडेल,

झापा, ८ माघ । कोरोना महामारीले प्रभावित भएको चलचित्रका गतिविधि पूर्वतर्फ पुनः जुर्मुराउन थालेको छ । पछिल्ला बर्षहरुमा पूर्वका लोकेशनमा सुटिङ हुने क्रम बढेपनि झण्डै एक वर्षदेखि सुटिङका गतिविधि ठप्प थियो ।

तर, आगामी शुक्रबारबाट झापालगायतका पूर्वी जिल्लाहरुमा नेपाली चलचित्र ‘खतरनाक क्यारेङग्याङ’को सुटिङ हुने भएको छ । प्रथम लिम्बुवान महिला निर्देशक हिमाली लिङदेनद्वारा उक्त चलचित्र निर्देशन गरिने भएको छ ।

निर्देशक हिमाली लिङदेन

प्रथम लिम्बू समुदायकी निर्देशक लिङ्देन बिर्तामोड निवासी हुन् । एस.एस. इन्टरनेश्नल फिम्स प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुत कर्ता भुपेन्द्र लिङदेन ‘मन्त्री’ रहेका छन् । सो चलचित्रको कथा, पटकथा संवाद उदय सुब्बाको रहने निर्देशक लिङ्देनले जानकारी दिइन् ।

चलचित्रको मुख्य सहायक निदेशकमा बिश्वराज लिम्बु र अनुराग कट्टेल रहनेछन् । २ ओटा गीत समावेश गरीने चलचित्रमा संगीत विकास चौधरीको रहेको छ । द्वन्द राजु किराती र नृत्य निर्देशक दिनेस पाख्रिन र ज्ञानु सुब्बाले गर्ने छन् ।

चलचित्र व्यावसायिक रहेको लिङदेनको भनाइ छ । अहिलेको नेपाली समाजमा भइरहेका विकृती र विसंगतीबिरुद्वमा तयार पारिएको चलचित्र एक्सन प्रदान हुने जानकारी दिइएको छ । यसअघि बनेको ‘क्यारेङग्याङ’ चलचित्रको सिक्वेलका रुपमा ‘खतरनाक क्यारेङग्याङ’ चलचित्र बन्न लागेको निर्माण पक्षको भनाइ छ ।

चलचित्रमा कलाकार गौरव पहारी, अनुप याक्सो, भुपाल बुढाथोकी, रमा लिम्बू, सन्तु मगर, बिश्व मुखिया, जिवन लिम्बू, गजेन्द्र तामाङ, भिष्म ओली, रबिना प्रधान, पुष्प बराल आदिको अभिनय रहने छ । साथमा उदय सुब्बालाई विशेष भूमिकामा देख्न पाइने बताइएको छ ।

आधुनिक प्रविधिका सबै उपकरण प्रयोग गरी निर्माण गरीने चलचित्रमा करीब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको चलचित्रका प्रस्तुतकर्ता भुपेन्द्र लिङदेन मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV