८ माघ २०७७, बिहीबार

काठमाडौं, ८ माघ । नेपाल ट्राईथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोश्रो संस्करण माघ १० गते शनिबार काठमाण्डौको प्राचीन एवं ऐतिहासिक शहर कीर्तिपुरको जखामा हुने भएको छ ।स्थानीय स्तरमा स्थानीय संस्थाहरुसंग समन्वय गर्दै नव प्रतिभा पहिचानसहित खेलाडी उत्पादनका साथै खेल समुदायको बिकास गर्ने लक्षका साथ संचालन गरिएको सिरिजको पहिलो संस्करण काठमाण्डौको उत्तरभेगीय प्राचीन सहर टोखामा सम्पन्न भईसकेको छ ।

प्रत्येक दुई हप्तमा हुने सिरिजको तेश्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुने छ । यसैगरि चौथो संस्करण टोखा, पाँचौ कीर्तिपुरमा हुनेछ । तीन महिनासम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने सिरिजको अन्तिम प्रतियोगिता उपत्यका बाहिर आयोजना हुनेछ ।

सिरिजको उद्धेश्य प्रतियोगिता मात्र नभई नव प्रतिभाहरुको खोजी, खेल समूदायको विकासका साथै खेलमार्फत आन्तरिक पर्यटनको बिकास गर्दै राज्यलाई आर्थिक टेवा पु¥याउने रहेको संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए ।

कोभिड १९ बाट बिश्वनै आक्रान्त भईरहेको अवस्थामा सुस्ताएको खेल क्षेत्रलाई ब्युझाउँदै स्वस्थ र रोग प्रतिरोधी क्षमता अभिबृद्धि गर्न सिरिजले सहयोग पुग्ने नेपाल ट्राईथलन संघका महासचिव युवराज सुनुवारले बताए ।

नेपाल ट्राईथलन संघ र जम्प नेशनबीच एक बर्षसम्म संघले आयोजना गर्ने प्रतियोगिताको ब्यवस्थापनको जिम्मेवारी लिने गरि सहकार्यको सम्झौता भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV